शनिबार, वैशाख १५, २०८१

शशांक कोइरालाले भने – सर्वोच्चको फैसलाले संविधान, विधि र पद्दति जोगाएको छ

मेरोन्यूज २०७८ असार २८ गते १६:३०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको बताएका छन् ।

सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको छ । लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था हो । अहंकार र तानाशाही प्रवृत्तिबाट संविधान मिच्ने छुट कसैलाई लोकतन्त्रमा कसैलाई हुँदैन । सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु’, उनले सामाजिक सञ्जालमा लेख्दै कोइरालाले भनेका छन् ।

प्रतिक्रिया