शुक्रबार, वैशाख १४, २०८१

माधव नेपालको निवासमा गठबन्धन पक्षको बैठक बस्दै

मेरोन्यूज २०७८ असार २८ गते १६:२४

काठमाडौँ । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएसँगै नेकपा एमालेका नेता माधव नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज साँझ ५ बजे बस्ने भएको हो ।

सर्वोच्चको फैसलासँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा नेताहरू छलफलमा जुटेका हुन् ।

अदालतले दोस्रोपटक संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ ।

सोमबार बसेको संवैधानिक इजलासले जारी गरेको आदेशअनुसार देउवा प्रधानमन्त्री बन्ने भएका हुन् । जेठ ७ गते मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया