बिहीबार, वैशाख १३, २०८१

सर्वसत्तावाद पराजित र विधिको शासनको जित भयो : नेता सिंह

मेरोन्यूज २०७८ असार २८ गते १६:२५

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वसत्तावाद पराजित भएको टिप्पणी गरेका छन् । संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रिया दिदैं पूर्व महामन्त्री सिंहले विधिको शासनको जित भएको बताएका हुन् ।

‘आज फेरी विधिको शासनको जित भएको छ । अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ’, सिंहले भने ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्चको फैसलाले फेरि विधिको शासनको जित भएको बताए ।

प्रतिक्रिया