शनिबार, वैशाख ८, २०८१

कोइरालाद्वारा क्रियासिल सदस्यतामा भएको धाँधलीबिरुद्धको धर्नामा ऐक्यबद्धता

मेरोन्यूज २०७८ असार २८ गते १५:३३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्रियासिल सदस्यतामा भएको धाँधलीबिरुद्धको धर्नामा ऐक्यबद्धता जनाएका छन् ।

उनले पार्टी कार्यालय सानेपामा क्रियासिल सदस्यतामा भएको धाँधलीबिरुद्ध धर्नामा बसेका बाराका कांग्रेस नेता तथा कार्यकर्ताहरुको गुनासो सुन्दै तथा धर्नामा ऐक्यबद्धता जनाएका हुन् । कोइरालाका साथमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस केन्द्रीय कार्यलयका पुर्व मुख्य सचिवहरु शोभाकर पराजुली र ऋषिकेश तिवारी सानेपा पुगेका छन् ।

कोइरालाले पार्टीको बिधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताए ।

प्रतिक्रिया