बिहीबार, चैत १५, २०८०

सर्वोच्चको फैसलासँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्री

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु

मेरोन्यूज २०७८ असार २८ गते १३:२७

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन । यससँगै विपक्षी गठबन्ध पक्षले सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दायर गरेका थिए ।

‘एकमतले निर्णय भएको छ, मागबमोजिम आदेश जारी गरको छौँ,’ आदेश सुनाउँदै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भने । अदालतले उक्त मुद्दामा सोमबार संक्षिप्त आदेश जारी गरी जानकारी गराएका हो ।

फैसलाको पूर्णपाठ तयार भइसकेको न्यायाधीश ईश्वर खतिवडाले जानकारी दिए । ‘पूर्ण पाठ दिन हामीले एक हप्ताका लागि समय लिएका थियौँ, फैसला लेखनका लागि प्रधानन्यायाधीशले मलाई जिम्मा दिनुभएको थियो,’ उनले भने ।

प्रतिनिधिसभा पुनः स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरू देउवालाई प्रधानमन्त्री बनाउन माग राखी संयुक्त हस्ताक्षरसहित अदालत गएका थिए । उक्त मुद्दामाथि सुनुवाइका सबै प्रक्रिया सकेको अदालतले एक साता समय तोकेर हेर्दाहेर्दैमा राखेको थियो ।

Advertisement

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन सर्वोच्चकाे आदेश

प्रतिक्रिया