शुक्रबार, वैशाख १४, २०८१

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मेरोन्यूज २०७८ असार २८ गते ७:३०

मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार अहिले पहिरो हटाउन लगिएको छ । पहिरोका कारण अहारौं यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया