शुक्रबार, वैशाख १४, २०८१

एमालेको स्थायी कमिटी बैठक सर्वोच्चको फैसलापछि मात्रै

मेरोन्यूज २०७८ असार २७ गते २१:०१

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आगामी मंगलबार बिहान ११ बजे बस्ने भएको छ । आज ४ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि मंगलबारका लागि बोलाइएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेभित्रको आन्तरिक विवाद मिलाउन बसेको कार्यदलको बैठकमा सहमति आउन नसकेपछि आजको बैठक स्थगित भएको थियो । ‘आज बस्ने भनिएको बैठक बस्न सकिएन, आगामी बैठक असार २९ गते बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ,’ उनले भने ।

कार्यदलबाट ठोस सहमति गरी स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने गरी बोलाइएको बैठक दुई दिन ढिला गरी सरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम फैसला भोलि सोमबार भएसँगै एमालेको स्थायी कमिटी बैठक बस्ने गरी मिति सारिएको हो ।

प्रतिक्रिया