शुक्रबार, चैत १६, २०८०

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ असार २७ गते २०:१५

काठमाडौँ । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा परेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो जिल्लाको तिनाउँ गाउँपालिका २ सिस्नेमा लु २ त २५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाहको च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर लावतीले जानकारी दिए । उनी ट्रयाक्टर चालक हुन् ।

दुर्घटनामा सोही स्थानका सहचालक ४२ वर्षीय एकबहादुर थापा घाइते भएका छन् ।

Advertisement

प्रतिक्रिया