शुक्रबार, चैत १६, २०८०

पेस्तोल बेच्न ग्राहक खोज्दै गर्दा बानेश्वरबाट एक पक्राउ

मेरोन्यूज २०७८ असार २७ गते १८:१८

काठमाडौँ । नयाँ बानेश्वरस्थित कात्यानी चोकबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग रानीपोखरी र नयाँ बानेश्वर वृत्तबाट खटिएको टोलीले धनुषा घर भई हाल बसुन्धरामा बस्ने ३१ वर्षीय जयप्रकाश महतोलाइ पक्राउ गरेको हो ।

हतियार खरिद बिक्री गर्न हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा महतोलाई जाँच गरिएको थियो । प्लाष्टिक झोलाभित्र गम्छा र रुमालले बेरेर लुकाईछिपाई राखेको अवस्थामा मेड इन युएसए लेखेको पेस्तोलसहित उनलाएै पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत बबरमहल काठमाडौँबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया