शुक्रबार, वैशाख ७, २०८१

विद्यार्थी संगठनद्वारा चरणबद्ध आन्दोलनको घोषणा

मेरोन्यूज २०७८ असार २७ गते १७:४७

काठमाडौं । विपक्षी दलका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

संगठनले आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

आन्दोलन अन्र्तगत असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।

यसअघि पाँच विद्यार्थी संगठनले विघटित संसदको पुनःस्थापना, एसइइ र १२ कक्षाको पीक्षामा देखिएको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या लगायतको माग गर्दै प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया