शुक्रबार, वैशाख ७, २०८१

गृहमन्त्रालयको सिफारिस विपरीत एआईजीको सरुवा

मेरोन्यूज २०७८ असार २७ गते १७:१४

काठमाडौं । गृहमन्त्रालयले प्रस्ताब गरेको एआईजी सरुवा सुचि मन्त्रीपरिषदमा पुगेर फेरबदल भएको छ । गृहमन्त्रालयले सिफारिस गरेको सरुवा सुचिलाई फेरबद गर्दै सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी)को सरुवा गर्दै विहीबार मात्र बढुवा गरेका एक जनाको पदस्थापन गरेको हो ।

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा एआईजी प्रधुम्न कार्कीको सरुवा भएको छ भने यसअधि मेट्रोमा कार्यरत हरिबहादुर पालको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ ।

त्यस्तै निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको हो। भर्खरै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

सरुवासुचि

सहकुल थापाको पदस्थापन

यसअघि गृह मन्त्रालयले भने एआईजीहरुमा थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापनको प्रस्ताव गरेको थियो। यस्तै, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखमा शाही मानव श्रोत तथा प्रशासन विभागमा पोखरेल र कार्य विभागमा कार्कीलाई प्रस्ताव गरिको थियो।

गृहले सरुवा सिफारिस गरेको प्रस्तावमा असन्तुष्ट भएका केही एआईजीहरुले मन्त्रिपरिषदमा नै आफ्नो हेरफेर गरेर सरुवा गराउन सफल भएकाे छ ।

सरुवापुर्व मेट्रोको जिम्मेवारी सम्हालेका एआईजी हरी बहादुर पाललाई नियम विपरीत ७ महिनामा नै सरुवा गरिएको छ । प्रहरी अधिकारीको सरुवा अवधि सामान्यतया एक वर्ष हुने गर्छ । सोही सरुवाको विषयलाई लिएर आईजीपी शैलेश थापा क्षेत्री र एआईजी पालबिच तितक्ता पैदा भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया