बिहीबार, वैशाख १३, २०८१

इन्धनको मूल्य वृद्धिमा शंख फुकेर विरोध (तस्वीरहरू)

जुली गिरी २०७८ असार २७ गते १६:५१

काठमाडौँ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरूले आइतबार शंख फुकेर विरोध गरेका छन् । माइतीघर मण्डलामा भेला भई उनीहरूले शंख फुकेर विरोध गरेका हुन् ।

विरोध कार्यक्रम नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौं सहभागी रहेका थिए ।

विद्यार्थी संगठनहरूले भोलि नेपाल आयल निगमका गाडीहरू चल्‍न नदिने, मंगलबार पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने र बुधबार देशभर सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने कार्यक्रम रहेको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया