आइतबार, जेठ ६, २०८१

२४ घण्टामा १,८३१ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

मेरोन्यूज २०७८ असार २७ गते १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५ सय ३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।

Advertisement

पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाबाट जोगिन स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया