बिहीबार, वैशाख १३, २०८१

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर

मेरोन्यूज २०७८ असार २७ गते १५:४४

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले माओवादी वैधानिक नै रहेको ठहर गरेको छ ।

माओवादी दल त्याग गरी एमालेमा प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा पार्टी खारेजको माग गर्दै निवेदन दर्ता गरेका थिए । तर, निर्वाचन आयोगको आज बसेको बैठकले उक्त निवेदन आरेज गरिदिएको छ । माओवादी केन्द्र वैधानिकता नै रहेकाले निवेदनलाई खारेज गरिएको निर्वाचन आयोगक प्रवक्ता राम कुमार श्रष्ठले मेरोन्यूजाई बताएका छन् ।

उनले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्र वैधानिक रहेको बताए । अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र अवैध भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

माओवादी खेमाका एमाले नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दाबी गरेका थिए । आयोगले उनीहरुको दावीलाई अस्वीकार गरिदिएको छ ।

यस्तै, माओवादी केन्द्र आफ्नो रहेको भन्दै भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरिदिएको छ ।

प्रतिक्रिया