शुक्रबार, चैत १६, २०८०

मनाङेलाई युवा तथा खेलकुद र आचार्यलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

मेरोन्यूज २०७८ असार २७ गते १३:४५

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । लामो रसाकस्सीपछि विना विभागीय मन्त्रीहरु मन्त्रालयमा जान तयार भएका हुन् ।

पोखरेल मुख्यमन्त्री भएपछि आफ्नो मन्त्रिपरिषद्मा चार जनालाई विना विभागिय मन्त्री बनाएका थिए । उनले यसअघि दुई जनालाई मन्त्रालयको जिम्मेवादी दिइसकेका छन् भने बाँकी दुई जनालाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनले दिपक मनाङे र हरिशरण आचार्यलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मनाङेलाई युवा तथा खुलकुद मन्त्रालय र आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि मनाङले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दै आएका थिए भने आचार्यले अर्थ मन्त्रालयमा लिखित सम्झौता गरेका थिए ।

नेपाली कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी सम्हालिसकेका छन् ।

Advertisement

प्रतिक्रिया