शनिबार, वैशाख ८, २०८१

मेस्सी सर्वाधिक गोलकर्ता, पाए गोल्डेन बल

मेरोन्यूज २०७८ असार २७ गते ८:५३

काठमाडौं । कोपा अमेरिका फुटबलको यो संस्करणका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक गोलकर्ता बनेका छन् । कोलम्बियाका लुइस डिजालाई पछि पार्दै मेस्सी सर्वाधिक गोलकर्ता पनि बनेका हुन् । मेस्सीले चार गोलसहित पाँच असिस्ट पनि गरेका हुन् ।


मेस्सीले प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जितेका छन् । मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि जिताउन महत्वपूर्ण मूमिका खेलेकोमा गोल्डेन बल पाएका हुन् ।

मेस्सीको फुटबल करियरको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो । अर्जेन्टिनाले फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

प्रतिक्रिया