आइतबार, जेठ ६, २०८१

कोरोना संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउँने वाग्मती प्रदेशमा, अन्य प्रदेशमा कति ?

मेरोन्यूज २०७८ असार २७ गते ६:२७


काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ९ हजार ३६२ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४ हजार ९ संक्रमितको मृत्यु भएको छ । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४०४ संक्रमितको मृत्यु भएको छ ।
यसैगरी, प्रदेश १ मा १ हजार २५४ जनाको मृत्यु भएको छ भने प्रदेश २ मा ७३३ संक्रमितले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा ९६० कोरोना संक्रमितको ज्यान गएको छ भने लुम्बिनी प्रदेशमा कोरोनाका कारण १ हजार ५६१ को मृत्यु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा ४४१ कोरोना संक्रमितले ज्यान गुमाएको तथ्यांक छ ।

Advertisement

हाल नेपालमा १५५ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार अहिले ५४३ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३३, प्रदेश २ मा १, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ९७ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ११, लुम्बिनीमा ८, कर्णालीमा २ र सुदूरपश्चिममा ३ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३२५ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा १०२, प्रदेश २ मा ४, गण्डकी प्रदेशमा ५३, लुम्बिनीमा ४३, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा ५ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।

हाल संस्थागत आसोलेसनमा २ हजार ९५० संक्रमित छन् ।

प्रतिक्रिया