बिहीबार, वैशाख १३, २०८१

आजको राशिफल : आषाढ २७ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ असार २७ गते ६:०९


काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २७ गते आइतबार, आषाढ शुक्लपक्षको प्रतिपदा तिथि, उप्रान्त द्वितीया तिथि रहेको छ । आज विश्व जनसंख्या दिवस रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

मेष
परिवारमा र पैतृक सम्पत्तिका विषयमा झैझगडा उत्पन्न हुने छ । बाणिमा कटुता हुने भएकाले संयमित रहनु होला । पेशागत जीवन सकारात्मक रहने छ । आम्दानीमा भने केही नै बृद्धि हुने छ ।

वृष
भाग्यको साथका कारण पेशागत जीवनबाट लाभ मिल्ने छ, आम्दानी बृद्धि हुने छ । बोल्ड खालको व्यक्तित्व हुँदा हुँदै पनि आक्रोशले भरिएको व्यक्तित्व देखा पर्ने छ । साझेदारीमा गरिएका काममा भने विभिन्न खाले अबरोधहरु आउने छन् ।

मिथुन
प्रभावकारी बोली हुने छ । आत्मबलले भरिएको व्यक्तित्व हुने छ । पेशागत क्षेत्र सकारात्मक हुँदा हुँदै पनि भाग्यको साथ नरहेकाले धेरै कठिनाईहरुको भने सामना गर्नु पर्ने छ ।

कर्कट
दोहोरो प्रकृतिको व्यक्तित्व बन्न जाने छ । मनोबलहिनताले सताउने छ । शारीरिक थकाई तथा पीडाले अत्याउने हुँदा यसबारेमा ध्यान दिनु होला । पेशागत जीवनमा पनि अस्थिरता तथा उत्पन्न हुन पुग्ने छ ।

सिंह
आफ्नो इच्छा वा लक्ष्य तथा आकांक्षा पूर्तिका लागि लागिपरिरहने स्वाभाव हुने छ । पेशागत जीवनमा उचारचढावको सामना गर्नु पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छन् ।

कन्या
बोलीको प्रभावले गर्दा पेशागत क्षेत्रमा प्रगति हुने छ । पेशाप्रति केन्द्रीत रहने धारणाले तिब्रता पाउने छ । आम्दानीमा सोचे जस्तो नभए पनि हल्का बढोत्तरी नै हुन जाने छ । भाग्यको साथका कारण स–सानो मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ ।

तुला
अनावश्यक विषयमा पनि भूमिका खेल्नु पर्ने भएका कारण आफ्नो उर्जा स–साना विषयहरुमा छरिन पुग्ने छ । पेशागत जीवनमा राम्रो गर्न खोज्दा खोज्दै पनि अपजस आइलाग्ने हुन सक्छ । पेशागत जीवनमा उतारचढावको सामना गर्नु पर्ने भएकाले संयमित भई पाइला चाल्नु उपयुक्त हुने छ ।

वृश्चिक
मनमा उदासिनताले सताउने छ । बोलीको प्रभाव घट्न जाने छ । त्यसैले संयमित भएर थोरै थोरै मात्र बोल्ने गर्दा उपयुक्त हुने छ ।स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने बानीले गर्दा मनमा अनावश्यक तनावको अवस्था पैदा हुने छ । पेशागत जीवनमा धेरै महत्वाकांक्षा भन्दा निरन्तरतामा ध्यान दिनु होला ।

धनु
बोली कडा शैलीको हुने हुँदा यस बारेमा ध्यान दिनु होला । मनमा दुविधाले सताउने छ । चिसोबाट र पानीबाट सतर्क रहनु होला । पेशागत जीवनमा भने लाभहरु प्राप्त हुने छन् । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ ।

मकर
दृढ र साहसी खालको व्यक्तित्व हुने छ । रिसको अवस्था धेरै हुने भएकाले यस बारेमा ध्यान दिनु पर्ने देखिन्छ । आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन भने यसले केही नकारात्मक चिन्तन बृद्धि गरिदिने छ । पेशागत जीवन औसत अवस्थाबाट अघि बढ्ने छ । धेरै जोखिम लिने बेला छैन् ।

कुम्भ
बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । मनमा दुविधा निरन्तर रुपमा आइ रहँदा निर्णय क्षमतामा सुस्तता र दोहोरोपना देखिन्छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउन जाने छ । पेशागत जीवनमा सतर्कता अपनाउनु पर्ने समय सक्रिय रहेको छ ।

मीन
प्रभावकारी बोली बन्ने छ । भाग्यको साथ नभएका कारण गर्न खोजेका कामहरु सजिलो गरि अघि बढ्ने छैनन् । पेशागत जीवनमा उतारचढावको वातावरण रहने भएकाले धेरै महत्वाकांक्षा भन्दा औसत रहने प्रयास गर्नु नै उपयुक्त हुने देखिन्छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया