आइतबार, जेठ ६, २०८१

हेल्दी नेशन फाउण्डेशनको वेवसाइट शुभारम्भ

मेरोन्यूज २०७८ असार २६ गते २०:२९

काठमाडौं । ‘स्वस्थ समाज नेपालीको आवाज’ मुल नाराका साथ विभिन्न सामाजिक तथा स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउदै आएको सामजिक सस्था हेल्दी नेशन फाउण्डेशनले आफ्नो आधिकारीक वेवसाइटकाे आज शुभारम्भ गरेको छ ।

Advertisement

देशको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्दै सामाजिक सेवामा तत्पर यो संस्थाको आधिकारीक वेबसाईट healthynation.org.npको शनिबार शुभारम्भ गरिएको हो । यस संस्थाले देशको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न स्वास्थ्यकर्मी, स्थानीय निकाय र समुदायका अन्य व्यक्ति र क्षेत्रसँग सहकार्य गर्दै सामाजिक जटिलता विरुद्ध लड्न टेवा पुर्याउँदै आएको छ ।

चिकित्सकहरूको नेतृत्वमा आमजनतामा स्वास्थ्यसेवाको सहज पहुँच विस्तारको लागि क्रियाशील रहेको यो संस्थाले सीमान्तकृत, गरीब र निमुखा जनताको जीवनस्तर सुधारका निम्ति महत्त्वपूर्ण कार्य गर्दै आएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच र सुनिश्चितता मानव अधिकारको आधारभूत मान्यतामा विश्वास राख्ने यो संस्थाले चर्मरोगको निदान, क्यानसरविरुद्धको जनचेतना, मानसिक स्वास्थ्य र लागुपदार्थ विरुद्धको सचेतनालगायत क्षेत्रहरुमा निरन्तर रुपमा काम गर्दै आएको छ ।

यसले अत्यावश्क परेका बेला आकस्मिक स्यास्थ्य सेवा र मनोवैज्ञानिक परामर्श समेत प्रदान गर्दै आएको छ । अनुसन्धान, जनचेतना, पैरवीका र घुम्ती स्वास्थ्यसेवाका माध्यमद्वारा यस संस्थाले समुदायमा सहज र सुलभ स्वास्थ्यसेवाको निम्ति कार्य गर्ने उद्देश्यका साथ सुरु गरिएको यो संस्थाले प्रत्येक नागरिकलाई सहज स्वास्थ्यसेवा र त्यसको जानकारीको सुनिश्चिता गर्दै स्वस्थ नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ ।

पूर्वसञ्चार तथा सूचनाप्रविधि मन्त्री नैनकला थापा अध्यक्ष रहेको सो संस्थाको कार्यसमितिमा सबै चिकित्सकहरू रहेका छन् । संस्थाको कार्यकारी निर्देशकमा डा जेनी पुन थापा र बाेर्ड सदस्यमा डा रश्मी पुन मगर, डा. अजयकुमार, डा. चन्द्रप्रसाद आचार्य, डा. गुलैज बाज्वा, डा. कमल गाैतम, डन.सुमन फुयाँल रहेका छन् ।

प्रतिक्रिया