बिहीबार, वैशाख १३, २०८१

कोपा अमेरीका

अर्जेन्टिना र ब्राजिलमा कसले मार्ला बाजी ? यस्तो छ ईतिहास

मेसी र नेयमारमाथि चुनौती

आयुश राठौर २०७८ असार २६ गते १८:२१
तस्बिर: sportco


काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच ब्राजिलले दक्षिण अमेरिकी स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गर्ने तयारी गरेको छ । भोलि आइतबार बिहान ५ः३० बजे प्रमुख प्रतिद्वन्दी अर्जेटिना र ब्राजिलबीच फाइन खेल भएसँगै कोपा अमेरिका प्रतियोगिता समाप्त हुने छ ।

ब्राजिलको राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भिडन्त हुने भएको हो । यस भिडन्तसँगै दक्षिण अमेरिकी फुटबलको नयाँ शक्ति राष्ट्रको टुंगो लाग्ने छ ।

जारी युरोकपका कारण कम चर्चा भएको कोपा अमेरिकाको फाइनल खेलले विश्वको ध्यान तानेको छ । यस प्रतियोगितामा विश्व प्रतिष्ठित खेलाडी तथा अर्जेटिनाका कप्तान लियोनल मेसी र विश्वका महंगा खेलाडी नेयमारबीचको भिडन्त हेर्न लायक हुनेछ ।

फाइनल प्रवेशका लागि ब्राजिलले पेरूलाई १–० गोल अन्तरले पराजीत गरेको थियो । यस्तै, अर्जेटिनाले कोलम्बियालाई पेनाल्टीमा ३–२ गोल अन्तरले पराजीत गरेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टीमार्फत जितको टुंगो लागेको थियो ।

अर्जेन्टिना माथी ब्राजिल हावी
दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्रका रुपमा मानिने अर्जेन्टिना र ब्राजिल १ सय ११ पटक एक आपसमा भिडेका देखिन्छ । जसमा अर्जेन्टिनाले ४० खेलमा जित दर्ता गरेको छ । ब्राजिल ४६ खेलमा विजयी छ । बाँकी २५ खेल बराबरीमा सकिएको तथ्याङ्ग छ ।

ब्राजिल र अर्जेन्टिनाबिचको पछिल्लो खेल सन् २०१९ को नोभेम्बरमा मैत्रीपूर्ण फुटबलमा भिडेका थिए । जहाँ मेस्सीको गोलमा अर्जेन्टिनाले जित निकालेको थियो ।

तर अन्तिम पटक मुख्य प्रतियोगितामा दुवै टिम न् २०१९ को कोपा अमेरिकाको सेमिफाईनलमा भिडेका थिए । जहाँ ब्राजिल २–० ले विजयी बनेको थियो । तथ्याङ्कलाई नियाल्दा अर्जेन्टिना माथि ब्राजिल हावी देखिन्छ तर जारी कोपा अमेरीकाको फईनल खेलमा कसले बाजि मार्ला भन्ने ठुलो प्रश्न उठेको छ ।

जारी कोपा अमेरीकामा अजेन्टीनाले ६ खेल खेलेको छ । छ खेल मध्य ५ खेलमा जित हासील गरेको छ भने १ खेल बराबरीमा रोकिएको छ । त्यस्तै ब्राजिलले खेलेको छ खेल मध्य १ खेल बराबरीमा रोकिएको छ भने ५ खेलमा विजयी हासील गरेको छ । यो तथ्याङ्कलाई हेर्दा समेत यी दुई देश बिचको खेल बढी लोभलाग्दो भएको बुझिन्छ ।

मेसी र नेयमारमाथि चुनौती
कोपा अमेरिकाको अन्तिम प्रतिद्वन्दीका रुपमा भेट भएका मेसी र नेयमारमाथि ठूलो चुनौती रहेको छ । व्यवसायिक फुटबल जीवनमा कुनै समय बार्सिलोनाबाट सँगै खेलेका मेसी र नेयमार कोपा अमेरीका २०२० को विजेता बन्ने होडबाजीमा छ । कुनै समय एउटै क्लबबाट खेलेका विश्वव्यापी परिचित यी खेलाडीहरु यतिबेला आफ्नो फरक फरक क्लबबाट खेल्दै आएका छन् ।

बार्सिलोनाबाट सँगै खेलेका नेयमार यतिबेला पेरिस सेन्ट जर्मनी(पिएसजी)बाट खेल्छन् भने मेसी पुरानै क्लब बार्सीलोना बाट नै खेल्दै आएका छन् । यी दुवै खेलाडी विश्वव्यापी रुपमा परिचित खेलाडीहरु नै हुन् उनिहरुको खेल्ने शैलीबाट प्राय सबै फुटबल प्रेमी र अन्य धेरै व्यक्तिहरु उनका अनुयायी बनेका छन् । र प्रभावित समेत बनेका छन् ।

यो समय क्लबबिचको खेल भन्दा पनि राष्ट्र राष्ट्र बिचको खेल भएको कारणले समेत खेल झन धेरै रोमाञ्चक हुने अनुमान गरिएको छ । महंगो खेलाडीका रुपमा परिचित नेयमार र विश्वचर्चीत खेलाडी मेसी बिचको यो खेल वास्तवमै हेर्न लायक नै छ । राष्ट्र राष्ट्र बिच हुने यो खेलमा राष्ट्रय इमान भन्दा बढी मेसी र नेयमारको ईमान बढि झल्किने बुझिन्छ । जसकारण उनिहरु विचको यो खेलमा उनिहरुमाथि चुनौती देखिन्छ ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया