शुक्रबार, वैशाख १४, २०८१

२४ घण्टामा २,१६९ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ असार २६ गते १७:०४

काठमाडौँ । पछिल्लो २४ घण्टामा २१ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ जनाको परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ५३० पीसीआर गर्दा १३ सय ५३ र ३८ सय ८७ को एन्टिजेन परीक्षण ८१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ । त्यसैगरी २४ घण्टामा १४ सय ३२ जनाले कोरोना जितेका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ । सँगै २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया