शुक्रबार, वैशाख १४, २०८१

नेपाल पक्षका कार्यदल सदस्य कोटेश्वरमा

मेरोन्यूज २०७८ असार २६ गते १६:२०

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक बस्न सकेको छैन । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्य नेपाल भेट्न कोटेश्वर गएका छन् । बैठक बस्न सिंहदरबारस्थित अर्थमन्त्रालयमा आएका उनीहरु कोटेश्वर गएपछि अब बैठक एक घण्टा ढिलो बस्ने जनाइएको छ ।

शुक्रबार बसेको कार्यदलको बैठकले पार्टी एकताका लागि सहमति गरेको थियो । आज बस्ने भनिएको बैठकमा बाँकी सहमति गरेर अन्तिम रुपदिने भनिएको थियो । नेता नेपालले पार्टी एकताका लागि पावर सेयरिङको कुरा उठाउदै आएका छन् ।

नेपाललाई मनाउन कार्यदलका सदस्यहरु उनलाई भट्न गएका हुन् । आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपालबीच पनि भेट भएको छ ।

प्रतिक्रिया