शनिबार, वैशाख ८, २०८१

वागमती प्रदेशसभा बैठक स्थगित

मेरोन्यूज २०७८ असार २६ गते १३:०७

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ ।

प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार आज स्थगित बैठक आइतबार साढे ११ बजे बस्ने छ ।

आव २०७८-८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरिद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरूले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।

आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगित गरिएको हुन सक्ने सत्ता पक्षका एक प्रदेशसभा सदस्यले बताए ।

प्रतिक्रिया