बिहीबार, वैशाख १३, २०८१

परदेशीको कथा

खेम राज ओझा २०७८ असार २६ गते ११:५८

मन्दिरभित्र मूर्ति छैन, घण्टी मात्र बज्छ
परदेशी नेपालीको, जिऊमै मैलो बग्छ ।

आकाशमा उड्ने बादल, बाटो खोज्दै फाट्यो
कोभिड दाइले आफ्नै भाइलाई, अनाहकमा चाट्यो ।

पारी गाउँको धतुरे दाइ, भाउजुसँगै ढल्यो
वारीपट्टी सानो गाउँ नि, बिना दाउरा जल्यो ।

कतै आकाश कतै धर्ती, बेहाल छन् रे काइला
गोठै मुनी पहिरो आउँदा, बग्दै ढले माइला ।

ठूले कान्छा महलबाट, झ्याल खोलेर हेर्छन्
साने कान्छा हिलो भित्र, लट्पटिएर मर्छन्

हुने खाने कालो सिसा, खोज्दै डेरा सरे अरे
गरिबलाई जिन्दगी, कुकुर समान छरे अरे ।

न त रोदन न त सोधन, कालो सिसा बल्छ
भोको पेटले चिच्याउँदै, गरिब जिउँदै जल्छ ।

प्रतिक्रिया