शुक्रबार, वैशाख १४, २०८१

नुवाकाेटमा काेराेनाकाे ‘डेल्टा प्लस’ भेरियन्ट फेला

मेरोन्यूज २०७८ असार २५ गते २१:०१

काठमाडाैं । नुवाकोटस्थित त्रिशूली अस्पतालमा कोरोना परीक्षण गरिएको एक जनामा ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको छ ।

अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको अस्पतालले जनाएकाे छ ।

अस्पतालले उक्त नमूनाकाे जिन सिक्वेन्सिङ गर्न जनस्वास्थ्य प्रयाेगशालामार्फत विदेश पठाएकाे थियाे ।

डेल्टा प्लस अन्य भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी संक्रामक रहेकाे त्रिशूली अस्पतालका सुपरीटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया