शुक्रबार, वैशाख ७, २०८१

५ एआईजीहरुको सरुवा सिफारिस

मेरोन्यूज २०७८ असार २५ गते १८:३८

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी)को सरुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले चार एआईजीको सरुवा र एक एआईजीको पदस्थपनका लागि मन्त्रीपरिषदमा सिफारीस गरेको हो । स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा निरज शाहीलाई सरुवा गर्न सिफारिस गरेको छ । भने यसअघि मेट्रोमा कार्यरत हरिबहादुर पाललाई अपराध अनुसन्धान विभागमा सरुवाको सिफारिस गरेको छ ।

यस्तै प्रद्युम्न कार्की कार्य विभागमा सरुवा गरिएको, विश्वराज पोखरेललाई मानव श्रोत तथा प्रशासन विभागमा सरुवा गर्न सिफरीस गरिएको हो । भर्खरै मात्र बढुवा भएका सहकुल थापालाई ​प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पदस्थापन गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।

विहीबारको मन्त्रिपरिषद बैठकमा पुगेको उक्त प्रस्तावलाई निर्णयसहित कार्यान्वयनको अन्तिम चरणमा रहेको उच्च स्रोतले पुष्टि गरेको छ । गृहले सरुवा सिफारिस गरेको प्रस्तावमा असन्तुष्ट भएका केही एआईजीहरुले मन्त्रिपरिषदमा नै आफ्नो हेरफेरको प्रयास गरिरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया