बिहीबार, वैशाख १३, २०८१

२,२३९ जनामा कोरोना पुष्टि,२० जनाको मृत्यु

मेरोन्यूज २०७८ असार २५ गते १६:४८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोभिड–थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी,सोही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया