शुक्रबार, चैत १६, २०८०

पूर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा सर्‍यो

मेरोन्यूज २०७८ असार २५ गते १६:५२


काठमाडौं । पूर्वाञ्‍चल विश्वविद्यालयले विभिन्‍न संकायहरुका परीक्षा सारेको छ । विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।

विश्वविद्यालयका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो । प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सूचना जारी गर्दै परिस्थिति अनुकुल अझै नभएकाले हाललाई परीक्षा स्थगित गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्‍न सेमेष्टरका परीक्षाहरु मिति २०७८/०३/३१ गते देखि सञ्‍चालन हुने परीक्षा सञ्‍चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्‍चालन हुने व्‍यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ परीक्षाको समय तालिका र परीक्षा केन्द्रहरुपछि प्रकाशन गरीने विश्वविद्यालय जनाएको छ ।

प्रतिक्रिया