शनिबार, वैशाख १५, २०८१

एमालेभित्रको माओवादी खेमाका नेताले गरे निर्वाचन आयाेगसँग छलफल

मेरोन्यूज २०७८ असार २५ गते १४:०६

काठमाडौं । माओवादी खेमाका नेकपा एमाले नेताहरुले निर्वाचन आयाेगमा पुगेर छलफल गरेका छन् । शुक्रबार बिहना ११ बजे निर्वाचन आयोग गएका उनीहरूले निर्वाचन आयुक्तसँग छलफल गरेका हुन् ।

उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेर निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । उनीहरूले बुधबार अधिवक्ता सरोज बुढाथोकीमार्फत माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।

निवेदनमा भइरहेको प्रगतिबारे बुझ्न टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आयोग गएका हुन् । निवदेनबारे आयोगमा छलफल गरेको नेता चौधरीले बताए । उनले निर्वाचन आयोगलाई डर नमानेर काम गर्न आग्रह गरेको र थप प्रमाण चाहे आफूहरु दिन तयार रहेको बताए ।

माओवादी दल त्याग गरेर एमालेमा प्रवेश गरेपछि माओवादीले उनीहरूको सांसद पद खारेज गरेको थियो । त्यसपछि उनीहरू माओवादी पार्टी र आफूहरूलाई गरेको कारबाही अवैध भएको भन्दै आयोग गएका थिए ।

प्रतिक्रिया