बुधबार, वैशाख १२, २०८१

सुन महंगो, चाँदी सस्तो

मेरोन्यूज २०७८ असार २५ गते १२:१५

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९२ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय पुगेको हो ।

शुक्रबार चाँदी भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदीको मुख्य १ हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मुल्य ७९ हजार २ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मुल्य ७८ हजार ७ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १९ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया