शुक्रबार, वैशाख ७, २०८१

जन्मदिनमा साथीलाई पत्र

मेरोन्यूज २०७८ असार २५ गते १२:०८


मिति : २५/३/२०७५


प्रिय साथी/बहिनी सोनिया,
मिठो सम्झना !

महामारिको बाबजुद पनि भगवानको कृपाले म आराम कुशल नै छुँ । त्यहाँ तिमी लगायत तिम्रो परिवार पनि आरामै छ होला भन्ने आशा गर्दछुँ । तिमी अहिले प्रदेशमा छेऊ । हाम्रो दुरी टाढा भएनी मन र मित्रता नजिक छ । आज तिम्रो विशेष दिन त्यसैले एउटा पत्र लेख्दैछुँ ।

जब तिम्रो र मेरो भेट विराटनगरको विराट हेल्थ कलेजमा भयो, त्यो भन्दा अगाडी हामी अपरिचित थियौं । यहि कलेमा हाम्रो चिनजान भयो, मित्रता भयो । विस्तारै सँगै हिड्न, खान, रमाइलो गर्न र पढ्न थाल्यौं । हामी ३ जना साथी तिमी सोनिया मगर भोजपुर, जुना न्यौपाने खोटाङ र म भावना हाङ्खिम राई मोरङ निकै नजिक भयौं । फरक फरक ठाउँक ३ जनामा अहिलेसम्म माया छ । जीन्दगीभर यो मर्ने छैन ।

डिप्लोमा इन फार्मेसीका हामी ३ जनाबिचको मित्रतामा घुलमिलको बाहुल्यता भयो । अध्ययनसँगै घुमघाम र विभिन्न कुरा साटासाटको अवस्थामा अहिलेसम्म छौं, स्थानको हिसाबले टाढा भएपनि ।

विहान उठ्ने, कलेज जाने र फर्केर कोठामा आउने पढ्ने हाम्रो दैनिकी नै भयो । विहान जुन शिक्षकले पढाउनुहुन्थ्यो, हामीबीच छलफल हुन्थ्यो । शिक्षक नभएको बेला कमेडी गरेर कक्षा कोठामा निकै रमाइलो पनि गथ्र्यौं हामी । त्यो दिन सम्झनुको विकल्प छैन । कहिले काही लाग्छ त्यहिँ दिनमा हामी पुगौंन । कल्पना मात्रले त्यो पूरा नहुनेमा विश्वस्त छौं । तर ३ जनाको मित्रतामा कुनै दिन भेट हुने आशामा छुँ सोनिया ।

थाहा छ सोनिया म छिट्टै रिसाउँथे तिमीहरु सहन सक्दैनथ्यौं, के कम झगडा हुन्थ्यो स–साना कुरामा । तर, केही समयपछि बोलचाल हुन्थ्यो, जति रिसाए पनि हैं ? कसैले केही भन्यो भने मेरो मोबाइल खोसेर लुकाउन पछि पर्दैनथ्यौं है ।

यसरी जिस्किदै हाँस्दै हामी अध्ययनको तेस्रो वर्षमा पुग्यौं । कलेजबाट भ्रमणको लागि एक हप्ताको योजनामा सबै विद्यार्थी साथी र शिक्षकको टोली पोखरा लाग्यो । हामी ३ जना सबैसँग रमाइलो गर्न थाल्यौं । घुमघामसँगै मणिपाल अस्पताल हाम्रो लागि स्मरणिय छ ।

भ्रमणपछि विराटनगर फर्किएको टोली फेरी अध्ययनमा व्यस्त भयो । हामी ३ जना छुट्टिने कुरै भएन । पहिला जस्तै पढाई शुरु भयो । हाम्रो संयोजक सरले हामी ३ जनालाई जहिले पनि उठाएर प्रश्न सोध्नुहुन्थ्यो । नाम राखिदिनु भन्ने एक जनाको अनुपस्थितिमा अरु साथीहरु, शिक्षकहरुले कता गया भनेर प्रश्न गर्थे । ३ जनामा १ जना कमी भयो भने कता गयो ? के भयो ? भन्ने गर्थे । यसरी नै ३ वर्ष कति चाडो बित्यो पत्तै भएन । ३ वर्षको परिक्षा सकियो । हामी नतिजाको पखाईमा थियौं ।

केही समयपछि नतिजा राम्रो आयो । काउन्सिलको लागि कक्षा लिन काठमाडौं लाग्यौं । काउन्सिलको पनि पास भयौं । काठमाडौंमा पनि हामी ३ जना सँगै बस्यौं । हामी बस्ने ठाउँमा दिदी बहिनी भनेर सबैले चिन्थे ।

केही दिनमा तिमी युके जाने भयौं सोनिया । ६, ७ महिना सँगै बस्यौं । तिमी विदेश जाने दिन तिम्लाई पुर्याउन तिम्रो सामान सहित ट्याक्सी चढ्यौं । त्रिभुवन अस्तराष्ट्रिय विमानस्थल पुग्यौं । राती ९ बजे तिम्रो फ्लाईट । ८ बजे पुग्यौं तिमी विमानस्थल छिर्दा तिम्रो आँखा रसाए । आँसु झरे । मैले राम्ररी जानु शुभकामना भने । हेर्दै नहेरी आँसु बगाउदै भित्र झिरेको बिर्सन सकिदैन सोनिया ।

महशुस त्यसबेला भयो । तिमी साथि नभएर मेरी आफ्नी बहिनी हौं । अब त पहिले जस्तो भेट होला नहोला तर आशा छ कुनै दिन अवस्य भेट हुनेछ । तिमीलाई त्यो दिन याद दिलाएको हो सोनिया ।

आज तिम्रो विशेष दिन । यहि दिन पृथ्वीमा तिमीले पाइला टेकेको । तिमीलाई यहीं नेपालबाट जन्म दिनको शुभकामना । अरु त के भन्नु हरेक कुरामा तिमी योग्य नै छेऊ । मैले केही भन्नु पर्दैन ।

विराटनगरबाट साथीको भेषमा आएकी तिमी हाम्रो सम्बन्ध दिदी बहिनीमा परिणत भएको छ । तिमी मेरी प्यारी बहिनी हौं ।
यस्तै सदैब रहोस्, हुनेछ भन्ने आशाका साथ सधैं हाँसी, खुसी र सुखी रहनु । आर्शिवाद छ, माया छ तिमीलाई ।
आइ लभ यू ।।।

उही तिम्री साथी/बहिनी
भावना हाङखिम राई

यो पनि पढ्नुहोस्

महामारीमा स्वास्थ्यकर्मीलाई हेर्ने समाज

प्रतिक्रिया