शुक्रबार, वैशाख ७, २०८१

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

मेरोन्यूज २०७८ असार २५ गते ६:३१

काठमाडौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको समेत महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आजै दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया