बुधबार, वैशाख १२, २०८१

मन्त्रिपरिषद् बैठक

सचिवमा कृष्णहरि पुष्कर र एआईजीमा सहकुल थापाको बढुवा

मेरोन्यूज २०७८ असार २४ गते २१:५९

काठमाडौं । सरकारले सचिवमा कृष्णहरि पुष्कर र  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सहकुल थापालाई बढुवा गर्ने निर्यण गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पुष्करलाई  सचिव र डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यहि असार १४ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डीआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको गरेको थियो ।

केहि दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको थियो । नेपाल प्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ ।

प्रतिक्रिया