मंगलबार, वैशाख ४, २०८१

नेपाल–फ्रान्स व्यावसायिक मञ्चको बैठकमा शेखर गोल्छाले भने – विदेशी लगानीकर्तालाई नेपालमा पर्याप्त अवसर छ

मेरोन्यूज २०७८ असार २४ गते १९:४३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए ।

अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।

महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा जानकारी दिँदै उनले सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसंग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए ।

हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब एक अर्ब रुपैयाको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससंगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैया छ ।

प्रतिक्रिया