बिहीबार, वैशाख १३, २०८१

पूर्व प्रधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

मेरोन्यूज २०७८ असार २४ गते १८:१०

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

स्वास्थ्य समस्यापछि भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

यता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टी बेहोर्ने निर्णय गरेका थिए । बिहीवार सरकारका मुख्यसचिव शंकरदास बैरागीले एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएका छन् ।

उनका अनुसार अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दूतावासमार्फत् अस्पताललाई उपलब्ध गराउन लागेको हो ।

“पूर्व प्रधानमन्त्री श्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्ने ।” जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया