शुक्रबार, वैशाख १४, २०८१

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा प्रर्दशन

जुली गिरी २०७८ असार २४ गते १४:०४

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ । अखिल क्रान्तिकारीले आज आयल निगमको कार्यलय अगाडि प्रर्दशन गरेको हो ।

प्रर्दशनमा उनीहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । साथै उनीहरुले कोरोना भाइरस कोभिड-१९ का बिरामीको निः शुल्क परिक्षण र उपचार गर्न माग गरेका छन् ।

यस्तै, जातिय भेदभावको अन्त्य गर्न, सुजता हत्या प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषिउपर कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया