शुक्रबार, चैत १६, २०८०

आगामी आर्थिक वर्षबाट ब्रोकर कमिशन घट्ने

मेरोन्यूज २०७८ असार २४ गते १३:५६

काठमाडौँ । आगामि आर्थिक वर्षकाबाट ब्रोकर कमिशन घट्ने भएको छ । ब्रोकर कमिशन घट्नुपर्ने आवाज उठिरहेको बेला नेपाल धितोपत्र बोर्डले लगानीकर्ताका मागलाई सम्बोधन गर्दै नयाँ आर्थिक वर्षबाट ब्रोकर कमिशन घटाउन लागेको हो ।

यही महिनाको अन्त्यतिर आउने धितोपत्र बोर्डको नीति तथा कार्यक्रममार्फत ब्रोकर कमिसन घटाइने स्रोतले जनाएको छ । ब्रोकर कमिसन घटाउने विषयमा बोर्डमा छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार कति कटौती गर्ने विषयमा टुंगो भने अझै लागेको छैन ।
अहिलेको कारोबारमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्म शुन्य ४ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म शुन्य दशमलब ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म शुन्य दशमलब ३ प्रतिशत र २० लाख रुपैयाँबाट माथि शुन्य दशमलब २७ प्रतिशत कमिसन ब्रोकरलाई तिर्दै आएका छन् ।

प्रतिक्रिया