शनिबार, वैशाख ८, २०८१

‘रुद्र’बाट अभिनयमा कमब्याक हुँदै इशा

मेरोन्यूज २०७८ असार २४ गते १२:५४

काठमाडौं । वैवाहिक जीवनमा बाँधिएपछि बलिउड नायिका इशा देओल चलचित्र क्षेत्रबाट हराएकि थिइन् । लामो समयपछि अभिनयमा फर्केकी छिन् । उनी ‘रुद्र’ नामको वेव सिरिजबाट अभिनयमा कमब्याक गर्दैछिन् ।

यसमा उनी नायक अजय देवगणको जोडीको रुपमा देखिदैछिन् । इशाले ट्विट गर्दैै रुद्र मेरो डेब्यू वेव सिरिज भएको बताइन् ।

उनले लेखिकी छिन्, ‘रुद्र मेरो डेब्यू वेव सिरिज हो । यो सिरिजमा कलाकार अजय देवगणसँग म काम गर्दैछु । अजय र मैले केही चलचित्रमा एकसाथ काम गरेका छौं ।’ इशा नायक धमेन्द्र र नायिका हेमा मालिनीकी छोरी हुन् ।

उनले बलिउडमा सुखद क्रेज बनाउन सकेकी छैनन् । यो सिरिजमा राशी खन्ना, हेमन्त खेर लगायतका कलाकारले पनि अभिनय गर्ने छन् । सिरिजको सुटिङ जुलाइको अन्तिमबाट सुरु गर्ने तयारी निर्माण कम्पनीले गरेको छ ।

प्रतिक्रिया