बिहीबार, चैत १५, २०८०

यस्ता मोबाइल सेटको पुनः आईएमईआई दर्ता गर्नु पर्दैन : नेपाल दूरसञ्चार प्राधिकरण

मेरोन्यूज २०७८ असार २४ गते १२:४२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही समयका लागि ईन्टरनेशनल मोबाइल ईक्वीपमेन्ट आईडेन्टिटि नम्बर (आईएमईआईएन) फेरी दर्ता गर्न नपर्ने जनाएको छ ।

अधिकांश सर्वसाधारणले एकैपटक अनलाईन मार्फत आईएमईआईएन दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएकोले दर्तामा रोक लगाएको नेपाल दूरसञ्चार प्राधिकरणले बिहिबार जारी गरी जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआईएन अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ ।


आगामी आर्थिक वर्षको पहिलो दिन साउन १ गतेदेखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको टेलिकमले जनाएको छ ।
आईएमईआईएनमा दर्ता गर्दा कसैको मोबाईल हराएर अरुले फेला पार्दा प्रयोग गर्न नसक्ने प्रविधि जोडिएको हुन्छ ।

यस्तै, व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने टेलिकमको सूचनामा उल्लेख छ ।

बिहिबार जारी सूचनामा व्यक्तिगत तवरले विदेशबाट आयात भई प्रयोग भइरहेका सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइने र अवरुद्ध आईएमईआईएन दर्ता प्रणाली सुचारु भएपछि थप उचित समय प्रदान गरी दर्ता गर्ने प्रबन्ध मिलाइने प्राधिकरणको सूचनामा उल्लेख गरिएको दूरसञ्चार प्राधिकरणका अधिकृत विवेक महर्जनले मेरोन्यूजलाई जानकारी दिए ।

Advertisement

प्रतिक्रिया