शुक्रबार, वैशाख १४, २०८१

एमाले कार्यदलको बैठक सुरु

मेरोन्यूज २०७८ असार २४ गते १२:२०

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । बैठक आधा घण्टा ढिलो सुरु भएको छ । बैठक बिहिबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्ने भनिएको थियो ।

तर, वरिष्ठ नेता माधकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावल नेपाल भेटन कोटेश्वर गएपछि वार्ता हुन ढिलो भएको हो । यसअघि बिहान सिंहदरवारमा रावल र विष्णु पौडेलबीच २ घण्टा वार्ता भएको थियो ।

उक्त वार्ताबारे जानकारी गराउन रावल नेपाल निवास पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बुधबार राति मेरियट होटलमा वार्ता भएको थियो ।

वार्तामा ठोस सहमति हुन सकेको थिएन । आजको कार्यदलको बैठकले ठोस सहमति गर्ने जनाइएको छ ।

प्रतिक्रिया