आइतबार, जेठ ६, २०८१

युएईमा रहेका नेपालीले पठाए ५९ हजार थान पीसीआर किट

मेरोन्यूज २०७८ असार २४ गते १२:०३

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीले ४७ लाख रुपैयाँ संकलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल वायुसेवा निगमको बाइडबडी मार्फत् नेपाल पठाएका हुन् ।

Advertisement

यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाहरुको अगुवाइ र नेपाली दूतावास आवुदाबीको संरक्षणमा मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर करिब ४७ लाख सहयोग रकम संकलन गरेका थिए । नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान वितरण गरिने युएईको आवुदावीस्थित नेपली दुतावासले जनाएको छ ।

पीसीआर किट आस्तर ग्रुपको आस्तर फार्मेसीमार्फत खरिद गरिएको हो । कम्पनीले प्रति किट २.४५ दिराममा उपलब्ध गराएको थियो । खरिद गरिएको किट नेपालसम्मको ढुवानी खर्च नेपाल सरकारले जिम्मा लिएको थियो । दूतावासले परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा नेपाल एयरलाइन्ससँग समन्वय गरेर विशेष उडानमार्फत किट नेपाल पठाइएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया