शनिबार, वैशाख १५, २०८१

सशस्त्र प्रहरीमा एसपी बढुवाको लागि ५ दिन भित्र आवेदन दिन आह्वान (सुचनासहित)

मेरोन्यूज २०७८ असार २४ गते ११:३६

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरीक्षक एसपीहरुको बढुवाका लागि सुचना जारी गरेको छ ।

बुधबार सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले साधारण उपसमूह र लेखा उपसमूहको रिक्त एसपीहरुको पदमा बढुवाका लागि सूचना प्रकाशित गर्दै बढुवाको प्रकृया सुरु गरिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन सुचनामार्फत भनिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डीआईजी अर्याल बढुवा समितिका सदस्य सचिव हुन् ।

लेखा उपसमूहका लागि :

साधारण उपसमूहका लागि :

प्रतिक्रिया