मंगलबार, वैशाख ११, २०८१

राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द, अदालतको आदेश कार्यान्वयन गरेको आयोगको भनाई

मेरोन्यूज २०७८ असार २४ गते ७:५५

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ।

असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको हो । लिखित परिक्षा रद्ध गरेको आयोगले आफ्नो वेवसाइट र गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।

कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको व्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल काठमाडौंका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा यसबारे रिट निवेदन दिएका थिए ।

आयोगले जारी गरेको सूचना

प्रतिक्रिया