सोमबार, जेठ १४, २०८१

आजको राशिफलः आषाढ २४ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ असार २४ गते ६:१३

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २४ गते बिहीबार, आषाढ कृष्णपक्षको चतुर्दशी तिथि । अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
भाग्यको साथका कारण आम्दानीमा बृद्धि हुने छ । बोलीमा सामान्यतया शितलता देखा पर्ने छ । तर बेला बेला अपेक्षा नै नगरिएको जस्तो कडापना देखा पर्दा अरुले अच्चम मान्ने छन् । पेशागत जीवन सहज रहने छ । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।

वृष
बोली प्रभाव बढ्ने छ । तर बेलाबेला अनपेक्षित रिसको मात्रा देखा पर्न जाँखा खासगरी परिवारमा कटुता निम्तिन पुग्ने छ । पेशागत क्षेत्रबाट भाग्य अभिबृद्धि हुन पुग्ने छ शिक्षा क्षेत्र, । स्टेसनरी, अध्ययन अध्यापन, शिक्षण, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ ।

मिथुन
दृढ खालको व्यक्तित्व बन्ने छ । साथै मिठो बोली भएको व्यक्तित्व बन्न पुग्ने छ । आफ्नो अनुकुलताका लागि कहाँ के कसरी व्यावहार गर्ने भन्ने भित्रि चेत उत्पन्न हुने छ । पेशागत क्षेत्र अनुकुल भएता पनि भाग्यहिनताका कारण धेरै फलदायी भने बन्ने छैन् ।

कर्कट
आम्दानीमा हुने बृद्धिले व्यक्तित्व भरथेगमा मद्धत पुर्‍याएतापनि कमजोर मनोबल भएको व्यक्तित्व हुन पुग्ने छ । साझेदारीमा गरिएका काम अनुकुल बन्ने छ तर अन्य क्षेत्रका पेशागत अवस्थामा कठिनाईहरुको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । डान्स बार, होटल, रेष्टुरेण्ट, बाउन्सर, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई कठिनाई रहने छ ।

सिंह
नेतृत्व र बाणिको उचित संयोजनबाट लक्ष्य प्राप्त हुन र आम्दानी बृद्धिका लागि प्रगति हुने छ । आफ्नो लक्ष्य, सपना र उद्देश्य प्राप्तिका लागि केन्द्रीत रही रहने व्यक्तित्व बन्ने छ । भाग्यहिनताका कारण घर घडेरी, वाहन, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति देखिन्छ ।

कन्या
आम्दानीमा हुने बृद्धिले भाग्य अभिवृद्धि हुने छ । प्रभावकारी बोली हुने भएकाले यसका कारण पेशागत जीवन स्थिर बनाउन भुमिका खेल्ने छ । धेरै जोखिमपूर्ण क्षेत्रमा आवद्ध व्यक्तिहरुले निकै सोच विचार गरेर कदम चाल्नु पर्ने समय रहेको छ । पानीको व्यापार, चिसो पेय पदार्थ, दुग्ध पदार्थ, आयात निर्यात आदीको कारोवारमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

तुला
कर्मशिल हुँदा हुँदै पनि त्यसको कदर हुने छैन् भने प्रतिफल पनि प्राप्त हुने छैन् । पेशागत जीवनमा उतारचढावको सामना गर्नु पर्ने भएकाले धेर्यतापूर्वक अवस्थालाई अघि बढाउने प्रयास गर्नु होला । भाग्यको साथका कारण उचित स्थानमा उचित तवरको बाणिको प्रभाव बढ्ने हुँदा अवश्य राहत भने मिल्ने छ । ठेक्कापट्टा, वाहनको कारोवार आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

वृश्चिक
धैर्य र संयमित रहेर पाइला चाल्ने प्रयास गर्नु होला । मनमा निराशाजनक विचार र भावनाहरुका क्रम आइ रहने छन् । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । मेहनत र पराक्रमी स्वाभावमा भने बृद्धि हुने छ । दृढताको अभाव हुने भएकाले जुध्नु पर्ने स्थानमा पनि जुध्न नसक्ने र शारीरिक रुपमा कमजोरी समेत उत्पन्न हुन जाने भएकाले शारीरिक अभ्यासलाई जोड दिनुहोला ।

धनु
पारीवारिक सुख प्राप्त हुने छ भने पैतृक सम्पत्तिले उन्नति प्रगतिमा मद्धत पुर्‍याउने छ । बोलीमा असाध्यै कडापना देखा पर्ने भएकाले ध्यान दिनु होला । मनोबल र शारीरिक अवस्था कमजोर बन्न जाने भएकाले शारीरिक अभ्यास नियमित गर्न प्रतिबद्ध रहँदा उपयुक्त हुने छ । पेशागत क्षेत्र शुभ रहने छ । पत्रकारिता, वकालत, न्याय क्षेत्र, पत्रकारिता, मार्केटिङ्ग, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा आवद्धहरुलाई समय शुभ रहेको छ ।

मकर
भित्रि बुद्धि चलायमान हुने छ भने मन स्थिर रहँदा रहँदै पनि बेला बेला अनपेक्षित उदासिनता देखा पर्न जाने छ । दृढ र दह्रो स्वाभाव भएको व्यक्तित्व हुने भएकाले कसैसँग नदब्ने खालको स्वाभाव देखा पर्ने छ । तर रिस नियन्त्रण गर्ने बारेमा भने संवेदनशिल बन्नु होला । पेशागत जीवनबाट केही फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा भने केही कटुता उत्पन्न हुन जाने छ ।

कुम्भ
मन दृढ बन्ने छ । तर मनमा अन्तरद्वन्दका लहरहरु एक पछि अर्काे आउने छन् । बौद्धिक क्षमता र बौद्धिक स्तरमा उच्च व्यक्तित्व बन्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा केही तालमेलको भने अभाव देखिन पुग्ने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने भएकाले धेरै महत्वाकांक्षा भन्दा निरन्तरताको पक्षलाई बढि ध्यान दिनु होला । जलविद्युत, होटल, रेष्टुरेण्ट क्षेत्र आदीमा आवद्धहरुलाई प्रतिकुल छ ।

मीन
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । बोलीको प्रभाव बढ्ने छ । विदेश यात्राका सम्भावनाका ढोकाहरु खुल्ने छन् । स्वदेशमा पनि यात्रारत रहनु पर्ने अवस्था आउँछ । सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया