बुधबार, वैशाख १२, २०८१

जाेन्सन एण्ड जाेन्सनकाे खाेपलाई आयात अनुमति दिन औषधि व्यवस्था विभागलाई स्वास्थ्य मन्त्रालयकाे पत्र

मेरोन्यूज २०७८ असार २३ गते २२:१२

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने जाेन्सन एण्ड जाेन्सन कम्पनीकाे खाेपलाई आयात अनुमति दिन पत्र लेखेकाे छ ।

काेभ्याक्स सुविधाअन्तगर्त नेपालले जाेन्सन एण्ड जाेन्सनकाे १५ लाख ३४ हजार ८५० डाेज खाेप पाउँदै छ । विभागले अनुमति नदिइ उक्त खाेप नेपालमा प्रयाेग गर्न पाइँदैन । स्वास्थ्य सेवा विभागले काेभ्याक्स सुविधाअन्तर्गत उक्त खाेप ल्याउन लागिएकाे भन्दै आयात अनुमतिमा सहजीकरण गरिदिन मन्त्रालयलाई पत्र लेखेकाे थियाे ।

प्रतिक्रिया