शुक्रबार, चैत १६, २०८०

राष्ट्रपतिले लोकतन्त्रको अभ्यास र परम्परालाई पालना गर्न नसकेको रामनारायण विडारीको टिप्पणी (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको अभ्यास र परम्परालाई पालना गर्न नसकेको टिप्पणी गरेको छ ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य विडारीले अन्य मुलुका राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको दृष्टान्त दिदै नेपालमा भने संविधानमा स्पष्ट लेखिएको कुरालाई पनि राष्ट्रपतिले वेवास्ता गरेको आरोप लगाए । उनले संविधान निर्माणको क्रममा संविधानको धारा ७६ को उपधारा ५ माथिको व्याख्या र टिप्पणी गायब गरिएको पनि आरोप लगाए ।

प्रतिक्रिया