आइतबार, जेठ ६, २०८१

कोरोनाको तेस्रो लहरबाट बालबालिका प्रभावित हुने देखिन्छ : डा. राई

मेरोन्यूज २०७८ असार २३ गते १७:४०

काठमाडौं । बाल रोग विशेषज्ञ डा. गणेश कुमार राईले बालबालिकाहरुका लागि कोरोनाविरुद्धको खोप नहुदाँ तेस्रो लहर उनीहरु जोखिममा पर्ने देखिएको बताउँछन् । बाल आईसियु र भेन्टिलेटर थप्ने काम पनि अगाडी बढाइएको उनले जानकारी दिए । उनका अनुसार बैंक र वित्तिय संस्थाहरुले सरकारी अस्पतालमा बाल आइसीयू र भेन्टिलेटर सहयोग गरिरहेको उनले जानकारी दिए ।
यदि नेपालमा कोरोनाको तेस्रो लहर आएमा बालबालिकाहरुलाई कसरी जोगाउँने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव स्तरियमा बालरोग विशेषज्ञहरुको बैठक बसेको उनले जानकारी दिए । कोरोनाले गर्दा बालबालिकाहरुको बृद्धिविकासमा पनि असर गर्ने देखिएको उनले जानकारी दिए ।
उनका अनुसार पश्चिमी देशहरुमा १२ वर्षभन्दा माथिकाहरुमा खोप लगाउँन सुरु गरिएको अवस्था रहेको छ । तर हाम्रो देशमा नेपालमा खोप आईहाल्ने अवस्था छैन् ।
जनस्वास्थ्यको मापदण्ड थाहाँ हुदै पनि हामीले वेवस्ता गरेको उनको भनाई छ । उनलेभने,“हामी सबै जना मिलेमा मात्र कोरोनालाई परास्त गर्न सक्छौं ।”
उनका अनुसार लकडाउन खुकुलो बनेको अवस्था छ तर हामी दुरीको पालना गरेको देखिदैन् ।

Advertisement

कोरोना भाइरसको तेस्रो लहर आउने विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया