आइतबार, जेठ ६, २०८१

काठमाडौंमा उपत्यकामा थपिए ५४३ कोरोना संक्रमित

मेरोन्यूज २०७८ असार २३ गते १६:५३


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९० ,भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना थपिएका जनाएको छ ।

Advertisement

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७१ र भेन्टीलेटर १६१ जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा.कृष्ण पौडेलले जानकारी गराए । देशभर थप २ हजार ९७९ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनले अझै पनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जानकारी दिए । उनले भने,“काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।”

त्यसैगरी,आज थप २८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २९१ पुगेको छ ।

उनले अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जानकारी दिए । उनले भने,“काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।”

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३३९ हजार जना संक्रमणमुक्त भएका छन् ६ लाख ११ हजार ३२७ हजार जना निको भएका छन् भने ९ हजार २९१ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् ।

प्रतिक्रिया