शनिबार, वैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

मेरोन्यूज २०७८ असार २३ गते १६:३८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९८९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले पछिल्लो २४ घण्टामा २ हजार ९८९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार ७ हजार ८३५ पीसीआर र ४०६३ जनाको एन्टीजेन परीक्षण गर्दा २९८९ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३३९ हजार जना संक्रमणमुक्त भएका छन् भने २८ संक्रमितको मृत्यु भएको छ । उनले अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जानकारी दिए । उनले भने,“काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।”

प्रतिक्रिया