शनिबार, वैशाख १५, २०८१

सर्वोच्च अदालतले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ

मेरोन्यूज २०७८ असार २३ गते १६:३४

काठमाडौँ । जातीय विभेदको आरोप लागेकी घरभेटीलाई रिहाई गराउन पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसहित रिट निवेदक पक्षसँग पनि लिखित जवाफ माग गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफल गर्ने भएको छ । अदालतले दुवै पक्षलाई असार २८ गते छलफलमा बोलाएको हो ।

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठले सरकारी गाडी प्रयोग गरी आफै पुगेका थिए । यसका विरुद्धमा प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी लिन नमानेपछि सुनारले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया